राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश
प्रकासित मिति : २०७७ पुस १६, बिहीबार १६:०५
प्रकासित समय : १६:०५
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगको आर्थिक वर्ष २०७६।०७७ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भवन, शीतल निवासमा आज सो प्रतिवेदन पेश गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।