नेपालमा थप ५३४ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ पुस १६, बिहीबार १५:५७
प्रकासित समय : १५:५७
काठमाडौँ, नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५३४ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५२ हजार ३५९ संक्रमणमुक्त भएका छन् ।
आज कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८५६ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या ६ हजार ३७८ रहेको छ ।