सुनको मुल्यमा गिरावट

काठमाडौं, आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला १ सयले घटेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

तेजावी सुन तोलाको ९३ हजार ६ सय रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।