दाइले लगाएको आगोमा २ वर्षीया बहिनी जलेर मृत्यु
प्रकासित मिति : २०७७ पुस १६, बिहीबार २०:३४
प्रकासित समय : २०:३४
बैतडी, सिगास गाउँपालिका–३ साउनखेतकी एक बालिकाको आगोमा जलेर मृत्यु भएको छ । दुई वर्षीया बालिका रेखा साउँदको जलेर मृत्यु भएको हो । बालिकाका दाजु चार वर्षीय दिपेश साउँदले घरको पछाडि रहेको खरको कुन्युमा आगो लगाउँदा सोही ठाउँमा जलेर बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
दुवैजनाले खेल्नका लागि सलाई लगेको हुन सक्ने अनुमान गरिएको छ । खरको कुन्युमा लागेको आगोले घरमा समेत समान्य क्षति पुगेको छ । स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए ।
घटनास्थल गाँजरी प्रहरीचौकीबाट चार घण्टाको पैदलदूरीमा रहेको बताइएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालयबाट पनि घटनाको अनुसन्धानका लागि टोली जाने धामीले जानकारी दिए ।