गाई काटेको अभियोगमा ६ पक्राउ

काभ्रेपलाञ्चोक, गाई काटेको अभियोगमा महाभारत गाउँपालिका–१ गोकुले बस्‍ने ५३ वर्षीय रत्‍न बहादुर जिम्बासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

गाई काटेको भन्‍ने खबर प्राप्‍त हुनासाथ ईलाका प्रहरी कार्यालय गोकुले र ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरीले उनीहरुलाई बुधबार राति गाईको मासु करिब २५ केजी सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।