केपी ओलीको उल्टो दिनगन्ती सुरु भयो : युवानेता भण्डारी
काठमाडौँ तत्कालीन अखिल ( क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष तथा अनेरास्ववियूका नेता तिलक राज भण्डारिले केपि ओलीको उल्टो दिनगन्ति शरु भएको बताएका छन् ।
युवा बिद्यार्थीहरुसंगको भेटघाट तथा आन्तरीक बैठकमा नेता भण्डारीले ओलीले देश र जनताको लागि अपराध गरेका कारण दिनगन्ती सुरु भएको बताएका हुन् ।
नेता भण्डारीले भने ओल्ीले संसद विघटन गरेर जनमतको अपमान मात्रै गरेनन नेपाली कम्युनिस्ट आन्दोलनको पनि बदनाम गरेका छन । त्यसको जनताले उचित जवाफ दिनेछन् । देश कोरोना संकटमा रहेको समयमा जनताको स्वास्थमा ध्यान केन्द्रीत गर्नुपर्ने समयमा संसद विघटनको नाटक गरेर देश जनता र कम्युनिस्ट आन्दोलन प्रति गम्भीर अपराध गरको बताए ।
शान्ति र समृद्धिको अभियान सहित अगाडि बढेको कम्युनिस्ट आन्दोलन ओलीले प्रतिगमन तर्फ फर्काउने प्रयास गरेकाे भण्डारीकाे तर्क थियाे । भण्डारीले ओलीको असंवैधानिक कदमको हरेक युवा बिधार्थिले प्रतिवाद गर्नु पर्ने बताए ।