अस्थिर राजनीतिभित्र कालिकोटको स्थानीय तहको परिणाम

अव्यवस्थित राज्य प्रणालीभित्र पनि सुन्दर सपना देख्ने एउटा स्थानीय तह हो पलाँता गाउँपालिका । गुटबन्दीको राजनीतिले ज्यादती गरेपछि केही सरकारमा रहेका ढाडे बिराला र वरिपरि चाकरी गर्ने प्युसाहरुको मात्र हालिमुहाली हुन्छ । तर देश भने पुरै बिग्रेको रेल जस्तै हुन्छ । अझ भन्ने हो भने अन्तर्राष्ट्रिय राजनीतिले अव्यवस्थित राज्यलाई हस्तक्षेप गरेर पुरै अशान्ति फैलाइदिन्छ्न ।

जस्तो कि एसियाको अफगानिस्तान र अफ्रिकी मुलुकको सुडान, कङ्गो र हाइटी । बुझ्नुहुन्छ नि तपाईं संघीय सरकार मात्र हुनुभन्दा पहिला । सिंहदरबारकोलागि पलाँता अर्कै राज्यमात्र होइन राजनीति हिसाबले पाकिस्तानको नजरमा जम्मु, कस्मिर र लदाक जस्तै थियो । आज त्यही जम्मु संघीय सरकारबाट स्थानीय तह भएदेखि राज्यले दिल्ली वरिपरिको देहरादुन देख्न थालेको छ । पलाँता सरकारले काम नगरेको होईन तर ब्यवस्थापन गर्न ढिलाई गरेको मात्र हो ।

जे जति काम भए त्यही ब्यवस्थापन गर्ने हो भने गएका १५ बर्षसम्म संघीय सरकारले गरेका कामको तुलना गर्न सकिन्छ । अझ त हामी पलाँताका जनताले के बुझ्न जरुरी छ भने, यदि पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम बाहेकको अरु कोही अध्यक्ष हुन्थ्यो भने थिर्पु ज्युलोबाट घर भत्काएर रोड लिन कोहि माइकालले सक्दैन थियो । त्यही कारण आज आएर बारम्बार लक्ष्मण बम प्रती धारेहात लाउनेको घुइँचो बढ्दै छ । यो धारेहात लाउने कारण हो, भएको बिकासलाई ब्यवस्थापन गर्न ढिलाइ हुनु । खासगरी यो ढिलाइ भएको होईन तर तात्तै खाउँ जलि जाउूँ भन्ने मनस्थितिले ढिलो भयो भन्ने महसुस भएको हो ।

पञ्चायती ब्यवथाका टाकुरे र काले काले मिलि खाउँ भाले भन्नेहरुको लागि त झन् झन यो अभिसाप नै भएको हो । फेरि यो अव्यवस्थित ब्यवस्था भनेको राज्यका टाकुरे र माफियाहरुको चलखेल हो । वैदेशिक हस्तक्षेप हो । संसदीय ब्यवस्था हो । फेरि हाम्रो नेपालको प्रचलन भनेको युवा उद्दमी नबनाएर कार्यकर्ता र आन्दोलनकारी उत्पादन गर्नु हाम्रो नेताको पेसा नै भैसक्यो । यो अराजकता सिर्जना हुनु भनेको बिसुद्व बेरोजगारको उपहास हो । वैदेशिक रोजगार हो ।

राज्य एकातिर भ्रष्टाचार र विभिन्न बहानाका प्रचारबाजी गरिरहेकै बेला पलाँतामा १५ सैया बेडको हस्पिटल उद्घाटन हुनु अत्यन्तै खुसिको कुरा हो । यस्ता खुसिका कुरा यो हस्पिटलको उद्घाटन मात्र नभई आजसम्म ७२ किलोमीटर रोड खनिएको पनि हो । प्रत्येक वडामा स्वास्थ्य इकाई, पलाँताका सार्वजनिक यातायात, विभिन्न बिधालयका भवन र खेल मैदान, सिचाइ कुलोहरु, धाराहरु, इङलिस मेडियमका कक्षा संञ्चालन, सिचाइ पोखरीहरु, बृहत खानेपानी योजनाहरु, बिधुत बिस्तार लाइन र सकेसम्म उज्याला टोलहरु, विभिन्न ठाउँमा मिलहरु संचालन र प्रयासहरु, वडा कार्यालयहरु, टावर ब्यवस्थापनका लागि जागरुकता, विभिन्न ठाउँमा थान निर्माण, मन्दिर निर्माण, पलाँता निर्माण कार्यदल, रोजगारी, रेडियो स्थापना, लगायतका विभिन्न कामहरु भएका छन् ।

भ्रष्टाचार हुँदै भएको होइन भन्ने होईन तर जसले मह गाड्छ उसले धेरै(थोरै हात पक्कै पनि चाट्छ । तर साच्चिकै पुरै भ्रष्टाचार र कमिसनखोर पलाँता सरकार भएकै हो भने अख्तियार के नेपालमा भ्रष्टाचार संरक्षण गर्न खोलिएको अफिस हो ?  देसमा नेपाली काङ्ग्रेसले यत्रो कलकारखाना उद्योग नबेचेको भए देस के यस्तै अवस्था हुन्थ्यो र ?  यदि देसमा दक्षिणपन्थी र राजा मिलेर देसलाई उन्नति तिर लगेकै हो भने ट्रली बस कसले बेचेर खायो ?  नेपाल एयरलाइन्स अनियमितता, जनकपुर रेलवे, साझा बस, उदयपुर सिमेन्ट कारखाना खै रु भृकुटी कागज कारखाना खै ?  बिराटनगर जुट मिल, सर्लाही चिनी कारखाना, बाँसबारी जुत्ता कारखाना, जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा उद्योग, हेटौंडा काठमाडौ रुपवे, बुटवल धागो कारखाना, गोर्खाली टायर उद्योग, बिरगंज चिनी कारखाना, बिरगंज कृषि औजार कारखाना, इलाम चिया कारखाना, हिमाल सिमेन्ट कारखाना (चोभार) लुम्बिनी चिनी कारखाना, चाइनिज इट्टा कारखाना (भक्तपुर) हरिसिद्दी इट्टा टायल कारखाना लि। (ललितपुर) सुनवल चिनी कारखाना, यी सबै कसले बेचेर खायो त ?  अनि के कालिकोटको पलाँता गाउँपालिकामा भ्रष्टाचार भएको होर ? यदि भएकै हो भने अख्तियारको काम के ?  जहाँ धेरै काम भयो त्यहाँ हलचल धेरै भयो । हल्ला पनि धेरै भयो । काम नै नगरेर खान पल्केका ब्वाँसाहरुको मुटु काँप्यो र सुरु भयो कसरी पलाँताबाट लक्ष्मणबमलाई तह लगाउन सकिन्छ भनेर । तल्लीन भए ती ब्वाँसा र सदाझैँ पलाँतालाई भोट बैंक बनाउने सपना देख्नेहरु । काम भए नभएको ५ बर्षपछी समिक्षा हामिले हैन त्यो इतिहासले गर्ने छ र भत्केका, बिग्रेका, मात्तिएका जोकोही प्रतिनिधि सच्चिन पर्छ ।

पलाँता गाउँपालिका कालिकोट ।