ओली समूहको कार्की ब्यांक्वेटमा भेला सुरु

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली समूहका सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण कार्की ब्यांक्वेटमा सुरु भएको छ।

बबरमहलस्थित कार्की ब्यांक्वेटमा दिउँसो १२ बजेदेखि सुरु हुने भनिएको भेला करिब डेढ घण्टा ढिलो गरी सुरु भएको हो। भेलालाई प्रधानमन्त्री ओलीले विशेष संबोधन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रम परिसरमा सुरक्षा ब्यवस्था कडा पारिएको छ।

यसअघि दुई दिन अघि नेकपाको संस्थापन पक्ष (प्रचण्ड–नेपाल)को केन्द्रिय कमिटी बैठक बसेर प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाउने र संसद विघटनविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको थियो।