कार्की ब्यांक्वेटमै ओली समूहको भेला हुदै
प्रकासित मिति : २०७७ पुस १५, बुधबार ११:२५
प्रकासित समय : ११:२५
काठमाडौँ, नेकपाका केपी शर्मा ओली समूहको सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण आज काठमाडौँमा हुँदैछ । बुधबार अपरान्ह १२ बजे बबरमहलस्थित कार्की ब्यांकेटमा हुने सुदूरपश्चिम स्तरीय अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्री ओली पनि सहभागी हुने जनाइएको छ ।
यसअघि ओलीले आफूपक्षीय भेला बालुवाटारमा राख्दै आएका थिए । उक्त कार्की ब्यांकेटमा केहीदिनअघि मात्र नेकपाका संस्थापन पक्ष ९प्रचण्ड(नेपाल) ले केन्द्रीय कमिटी बैठक गरेका थिए । केन्द्रीय कमिटीले ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न घोषणा गरेकी थिइन् । त्यसपछि नेकपा दुई चिरामा विभाजन भएको छ ।