नेकपाको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ, नेकपाको संस्थापन पक्ष ९प्रचण्ड (नेपाल) को स्थायी कमिटी बैठक बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १२ बजे सचिवालय सदस्य र स्थायी कमिटीको संयुक्त बैठक बस्न लागेको हो । आजको बैठकले संसद् विघटन गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्ने स्रोतले जनाएको छ ।

बैठकपछि पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न घोषणा गरेकी थिइन् । त्यसपछि नेकपा दुई चिरामा विभाजन भएको छ ।

ओलीको असंवैधानिक कदमविरुद्ध आन्दोलनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा नेकपाले २ हजार ५ सय १ जनाको परिचालन कमिटीसमेत गठन गरेको छ । मंगलबार मात्र देशव्यापी विरोध प्रदर्शन गरेको थियो ।