सुर्खेतमा नेकपाको बिरोध प्रदर्शन : नेतृ झाँक्रीले भनिन् ओली गलत बाटो हिडे
सुर्खेत, संसद विघटनविरुद्ध बिरेन्द्रनगर सुर्खेमा बिरोध प्रदर्शन भएको छ । मंगलगढि चोकबाट सुरु भएको बिरोध प्रदर्शन पिपल चौतारो नजिक पुगेर कोणसभामा परिणत भएको थियो ।संसद् विघटन र प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका बिरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूह जनवर्गीय संगठनहरु आन्दोलनमा उपस्थित भएका थिए ।
उक्त बिरोध जुलुसलाई नेकपा केन्द्रिय कमिटि सदस्य राम कुमारी झाँक्रीले संबोधन गरेकी थिइन् । कार्यक्रमलाई संबोधन गर्दै नेकपा नेतृ झाँक्रीले ओली समुहमा नयाँ अनुबन्धित हुने केन्द्रिय सदस्यले एउटा चौतारोमा उभिएर २० जना जनता जम्मा गरेर भाषण दिने हैसियत नभएको बताइन् । पार्टिको नाम र चुनाब चिन्ह हाम्रो भन्ने केपि ओलीदेखि स्थानिय स्तरका नेता कार्यकर्ताको एउटै रेडिमेट बोलिरहेको दाबि गरिन् ।
संसद बिगटन गर्ने अधिकार संबिधानले नदिएको बताउदै झाँक्रीले भनिन् ओलीको ब्यक्तिबादी राजनितिले गर्दा यस्तो परिस्थितीको सिर्जना भएको र कुनैपनि हालतमा आलीको यो कदम सफल नहुने जिकिर गरिन् । संसद पुर्नस्थापना नहुन्जेलसम्मा हामि निरन्तर सडकमा रहने तथा हामिलाई नेपाली लाखौँ जनताले साथ दिने र दिईरहेको दाबि गरिन् । कार्यक्रमा बोल्ने अधिकांश वक्ताहरुले केपि तानाशाही , निरंकुश राजा भएको बताएका थिए । उनले पार्टिको बिधि विधान बिपरित कार्य गर्दै आएको आरोप लगाएका थिए ।
बिरोध सभामा केन्द्रिय नेताहरु झकबहादुर मल्ल , सिता नेपाली बिन्दमान विष्ट लगायतका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । नेकपाले आज देशभर सरकार बिरुद्ध बिरोध प्रदर्शन गरेको छ । पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।