ओली एण्ड ओली प्रवृत्तिको आयु सकियो : माधव नेपाल
प्रकासित मिति : २०७७ पुस १४, मंगलवार १६:०८
प्रकासित समय : १६:०८
काठमाडौं, पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको आयु सकिएको बताएका छन् । मंगलबार दाहाल–नेपाल समूहले गरेको आन्दोलनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ओलीमा निरंकुश प्रवृत्ति हाबी भएको भन्दै अब प्रधानमन्त्री ओली र ओली प्रवृत्तिको आयु सकिएको बताएका हुन् ।
नवगठित दाहाल–नेपाल समूहको नेकपाका अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूबाहेक अरु कसैलाई केही नदेख्ने ओली प्रवृत्तिको आयु सकिएको भन्दै ओलीको हालत पूर्वराजाको जस्तै हुने चेतावानी दिएका हुन् ।
नेपालले प्रधानमन्त्री समेत रहेका ओलीको इतिहास स्मरण गराउँदै वयलगाडामा चढेर वासिंगटन पुग्न नसकिने भन्ने ओलीलाई गणतन्त्रको कुनै माया नभएकोसमेत आरोप लगाए ।