चिनियाँ टोली देउवासँग भेटवार्ता गर्दै

काठमाडौँ, चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ यझाउले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् । आइतबार नेपाल भ्रमणमा आएको चिनियाँ उपमन्त्री नेतृत्वको ४ सदस्यीय प्रतिनिधि मण्डलले मंगलबार बिहान साढे १० बजे देउवालाई बुढानिलकण्ठमा भेट्ने तयारी भएको स्रोतले बताएको छ ।

भेटमा नेपालमा भएको राजनीतिक परिवर्तन, दुई देशबीचको आपसी हित सम्बन्धलगायत विषयमा छलफल हुने छ । चिनियाँ राष्ट्रपति सी चिनफिङका विशेष दूतका रूपमा नेपाल आएको उक्त टोलीले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई र सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरिससकेको छ ।

 पटक–पटक फुटको संघारबाट जोगिएको नेकपा यतिबेला भने दुई चिरामा विभाजित छ । नेकपालाई पुनः जोडाउन चिनियाँ टोली अन्तिम प्रयासमा जुटेको छ ।