प्रधानमन्त्री ओलिले संसदलाई आफ्नो अहङ्कारको शिकार बनाए : गगन थापा

नेपालगन्ज, प्रमुख विपक्षी नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपि शर्मा अोलिले संसदलाई आफ्नो अहङ्कारको शिकार बनाएको आरोप लगाएका छन् ।सोमबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेको विरोधमा काँग्रेसले देश व्यापी आयोजना गरेको विरोधसभा अन्तर्गत नेपाली काँग्रेशले नेपालगन्जमा आयोजना गरेको बृहत विरोध सभामा नेता थापाले संसदलाई सत्तारुढ नेकपाको झगडा र प्रधानमन्त्रीको अहंकारको शिकार संसद भएको बताए । प्रधानमन्त्रि अोलिको उक्त कदम असंवैधानिक र अलोकतन्त्रीक भएको दावी गरे ।

‘हाम्रो दुर्भाग्य, नेपालले एउटा अयोग्य र असक्षम व्यक्तिलाई प्रधानमन्त्री पायो, जसको अहंकारको शिकार संसद र संविधान बनेको छ, उनले भने ।’ प्रधानमन्त्रीले संसद विघटन गर्न सक्ने व्यवस्था अहिलेको संविधानमा नभएको उल्लेख गर्दै ओलीले जनमतको अपमान गरेको आरोप लगाए । कोरोना महामारीले तहसनहस भएको मुलुकको अर्थतन्त्र उकास्ने बेलामा अोलि नेतृत्वको सरकार त्यसको ठ्याकै उल्टो दिशामामा अघि बढेको उनको भनाइ छ ।