प्रचण्ड पदलोभी रहेछन् त्यसकारण पार्टी फुटयो : नेता बस्नेत
बिरेन्द्रनगर, सुर्खेत नेकपाका नेता तथा पुर्व उद्योगमन्त्री महेश बस्नेतले प्रचण्डलाई पदलोभी भएको आरोप लगाएका छन् । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा आयोजित सभालाई संबोधन गर्दै पुर्वमन्त्री बस्नेतले प्रचण्डलाई स्वार्थी भएको आरोप लगाएका हुन ।
बृहत युवा भेलालाई सम्बोधन गर्दै बस्नेतले यसो भने प्रचण्डले देशलाई बिकास गराउन चाहेकै छैनन् । उनि पदमा लालाहित हुने ब्यक्ति हुन । उनले प्रत्यक्ष रुपमा चुनाब नजितेको र शडयन्त्रमा जितेको जिकिर गरे ।पुर्ब नेकपा एमालेबाट छट्टिएर गएका पनि राष्ट्रबादि नभएको बिषालु सर्प रहेको बताएका छन् ।प्रधानमन्त्री ओलीको सर्मथन गदै बस्नेतले यसो भने ओली ओली नभएर ओलीबा रहेको दाबि गदै बाको संज्ञा दिएका छन् ।
नेपालको अर्थतन्त्र केपी शर्मा ओलीले माथि उकासेको जिकिर गर्दै केपी ओली समृद्धिको बहाग भएको बताए । मदन भन्डारीको मृत्यु पच्शात ओली मार्फत उहाँका दर्सन लिएर आएको पनि बताए । संम्बोधनको क्रममा बोल्दै नेता कार्यकर्ताले सुर्य चिन्ह र पार्टिको नाम नेकपा आफ्नो भएको दाबि गरेका छन् ।
कर्णालीका युवा कार्यकर्तालाई जस्तोसुकै परिस्थितिको सामाना गर्न तयार हुनुपर्ने पनि बताएका छन् ।सो बृहत कार्यक्रममा युवा संघका केन्द्रिय सदस्य रमेश पौडेल,पुर्ब मन्त्री नबराज रावत, नेता नगेन्द्र शाही, कृष्ण बहादुर हमाल, चुडामणि शर्मा, रबिन्द्र पौडेल , युवा नेता राजन थापा लगायतका नेताहरुको उपस्थिती रहेको थियो । देशभर केहि समय यता नाराबाजी र प्रदर्शन ठाउँठाउँमा भईरहेका छन् ।