त्रिभुवन विमानस्थलबाट १०० ग्राम सुन र साढे ८ लाख नगद बरामद

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको नयाँ पार्किङ्ग एरियाबाट एक सय ग्राम सुनको बाला र साढे ८ लाख बढी नगदसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गा पा वडा नं ४ का वर्ष ४० का प्रलाद थापा र धादिङ ज्वालामुखी गा पा वडा नं ३ का वर्ष ४२ का अर्जुन प्रसाद थपलिया छन् । विमानस्थल प्रहरीका अनुसार उनीहरुले बाहिरी मूलुकबाट आएका यात्रुहरुलाई भन्सार छली गर्न लगाइएको आरोप पक्राउ गरिएको हो ।

त्यसक्रममा थापाको साथबाट ५० ग्राम सुनको बाला र ४ लाख सैतीस हजार रुपैयाँ तथा थपलियाको साथबाट ५० ग्रामको सुनको बाला र ४ लाख ४० हजार रुपैयाँ बरामद गरिएको छ ।उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि बरामद सुनको बाला र नेपाली रुपैयाँसहित राजश्व अनुसन्धान बिभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको छ ।