ओलीको मतियार हुन कांग्रेस सरकारमा जादैनः शेखर कोइराला

विराटनगर, नेपाली कांग्रेसका केन्द्रीय डा शेखर कोइरालाले कांग्रेस सरकारमा जान नहुने बताएका छन् ।

सोमबार विराटनगरमा पार्टीले आयोजना गरेको संसद विघटन गर्ने सरकारको निर्णयविरुद्धको विरोधसभामा कोइरालाले यस्तो कुरा बताएका हुन् ।कांग्रेस सरकारमा सहभागी हुँदैन । ओलीको मतियार हुन कांग्रेस सरकारमा जान पनि हुँदैन उनले भने ।

बीपी कोइरालाले कम्युनिस्टसँग मिलेर अघि नजानसमेत सुझाएको स्मरण गरे ।साथै, उनले संसद् विघटनजस्तो असंवैधानिक कदमको विरोध गरिरहने बताए ।