अपराध र भ्रष्टाचार छिपाउन ओलीले संसद बिघटन गरेका हुनः रामचन्द्र पौडेल

काठमाडौं, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अपराध र भ्रष्टाचार छिपाउन संवैधानिक परिषद्को अध्यादेश ल्याएको जनाएका छन् ।

 तनहुँमा आज पार्टीले आयोजना गरेको संसद विघटन गर्ने सरकारको निर्णयविरुद्धको विरोधसभालाई सम्बोधन गर्दै नेता पौडेलले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान र लोकतन्त्रमाथि प्रहार गरेको समेत बताए । आफूले गरेका अपराध र भ्रष्टाचार छिपाउनलाई संवैधानिक परिषदको अध्यादेश प्रधानमन्त्री ओलीले ल्याएका छन् उनले भने यो नाटक र पपञ्च मात्रै हो ।

साथै, संसद पुनर्स्थापना पनि नहुने अवस्था आएमा देश संकटमा फस्ने पौडेलको भनाई छ । अब मुलुकले चुनाव धान्न नसक्ने पनि उनले बताए।प्रधानमन्त्री ओलीले वैशाखमा चुनाव घोषणा गरे पनि चुनाव नहुने उनको भनाइ छ।