नेपालमा थप ६५९ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ पुस १३, सोमबार १६:२५
प्रकासित समय : १६:२५
काठमाडौँ, नेपालमा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ६५९ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ ।पछिल्लो २४ घण्टामा ७१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५० हजार ५८१ संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ ।
यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८३१ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या ६ हजार ४२७ रहेको छ ।