प्रचण्डलाई भेट्न खुमलटार पुगे चिनियाँ टोली

काठमाडौँ, चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यझाउले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । आइतबार नेपाल भ्रमणमा आएका चिनियाँ उपमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलले खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

भेटवार्ता क्रममा उनीहरुबिच नेकपामा देखिएको विवाद, पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भएको स्रोतले जनाएको छ । प्रचण्डलाई भेटेपछि आजै अर्का अध्यक्ष माधवकुमार नेपाललाई चिनियाँ टोलीले भेट्दैछ ।चिनियाँ टोलीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेको छ ।

प्रधानमन्त्री ओलीसँगको भेटका क्रममा उपमन्त्री यझाउले नयाँ वर्ष २०२१ का लागि चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष तथा चिनियाँ राष्ट्रपति सि जिङपिङ, महासचिव र चिनियाँ प्रधानमन्त्रीले दिएको शुभकामना सन्देश सुनाएका थिए ।