उर्जामन्त्री रायमाझी र भारतीय राजदूतबीच भेटवार्ता
प्रकासित मिति : २०७७ पुस १३, सोमबार १८:३१
प्रकासित समय : १८:३१
काठमाडौँ, उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।
सोमबार भएको भेटवार्तामा दुई देशको आपसी हितका विषयमा छलफल भएको जनाइएको छ । भेटमा राजदूत क्वात्राले नवनियुक्त मन्त्रीलाई बधाई दिएका छन् ।
भारतको सहयोगमा सञ्चालित परियोजनाका विषयमा समेत छलफल भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

