राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन्।

राष्ट्रपति भण्डारीले पुस १७ गते शुक्रबार ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन्।

राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेकी हुन्।