संसद् विघटनविरुद्ध गरियो सिटी जुलुस

काठमाडौँ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन ९अनेरास्ववियू०ले संसद विघटनविरुद्ध माइतीघर मण्डलामा सिठ्ठी सिटी जुलुस निकालेको छ । माइतीघर मण्डलाबाट सुरु भएको विद्यार्थीहरुको जुलुस नयाँ बानेश्‍वर पुगेर कोणसभामा परिणत भएको थियो ।

 संसद् विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम भन्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल-नेपाल समूह जनवर्गीय संगठनहरु र कांग्रेस जनता समाजवादीलगायत पार्टी आन्दोलनमा छन् ।

पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।