उपत्यकामा थप २०८ जनामा कोरोना पुष्टि

काठमाडौं, काठमाडौं उपत्यकामा थप २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

काठमाडौंमा १७५, भक्तपुरमा ६ र ललितपुरमा २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।यस्तै, आज नेपालमा थप ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या ६ हजार ४९३ रहेको छ ।