नेपालमा थप ४८१ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ पुस १२, आईतवार १६:३६
प्रकासित समय : १६:३६
काठमाडौँ, नेपालमा थप ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४८१ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको छ । पछिल्लो २४ घण्टामा ७३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ४९ हजार ८६३ संक्रमणमुक्त भएका छन् ।
आज कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८२५ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या ६ हजार ४९३ रहेको छ ।