कोहलपुर जुनियर जेसिजको अधिबेशन सप्पन्न, अध्यक्षमा शर्मा

कोहलपुर, कोहलपुर जुनियर जेसिजको ५ औ शाखा अधिबेशन सम्पन्न भएको छ । शनिवार कोहलपुरमा जुनियर जेसिजको अधिबेशन सम्पन्न भएको हो ।उक्त अधिबेशन बाट कोहलपुर जुनियर जुनियर जेसिजको वर्षको २०२१ अध्यक्षको लागि बिष्णु शर्मालाई सर्वसम्मत चयन गरेको छ ।

त्यसैगरी २०२१ का लागि कार्यकारिणी उपाध्यक्षमा
बिपशा राज भण्डारी, यमु कडेल, उपाध्यक्षमा मुनम भण्डारी, महिमा थापा, रिश्ता बिसि, राकेश खड्का, कोषाध्यक्षमा गणेश भण्डारी र पिआरओमा प्रसन्न काफ्ले चयन भएका छन् ।

कोहलपुर जुनियर जेसिज वर्ष २०२० का अध्यक्ष रबिन गौतमको सभापतित्वमा भएको अधिबेशनमा कोहलपुर जेसिज वर्ष २०१५ का अध्यक्ष पवन थापा, कोहलपुर जेसिज वर्ष २०२० का कोषाध्यक्ष इश्वरि प्रसाद शर्मा, कोहलपुर जेसिज वर्ष २०२१ का अध्यक्ष राम प्रसाद पाण्डे लगायतका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै जुनियर जेसिजका नवनिर्वाचित अध्यक्ष शर्माले आफुले प्राप्त गरेको गहन जिम्मेवारीलाई उच्च प्राथमिकताको साथ सदुपयोग गर्ने वताए । उनले विगतमा कोरोना भाइरसले गर्दा हुन नसकेको कामहरुलाई पनि यसै कार्यकालम पुर्णता दिदै जुनियर जेसिजको कामहरुलाई रचनात्मक तरिकाले अघाडी बढाउने प्रतिबद्धता जनाए ।