आइसियुमा रहेका कोरोना संक्रमित फरार

काठमाडौँ, बुटवल उप महानगरपालिकास्थित कोरोना विशेष अस्पतालको आइसियुमा भर्ना भएका एक जना कोरोना संक्रमित फरार भएका छन् । बुटवल(१३ बेलबासका ५५ वर्षीय पुरूष आइतबार बिहान शौचालयबाट फरार भएको जनाइएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि ती पुरुष पुस ८ गतेदेखि कोरोना अस्पतालको आइसियूमा भर्ना भएका थिए। संक्रमितको स्वास्थ्य अवस्था सुधारउन्मुख भइरहे पनि अस्पतालबाट डिस्चार्ज गर्न मिल्ने अवस्था नभइसकेकोले उनी अस्पतालमै थिए । परिवार स्रोतका अनुसार ती पुरुष मानसिक रोगी पनि रहेका थिए ।

आइतबार बिहान परिवारले सम्पर्क गर्न खोज्दा अस्पतालमा बिरामी नभएको खबर पाएका थिए । अस्पतालको लापरबाहीको कारण बिरामी फरार भएको उनीहरुको आरोप छ । हाल उनको खोजी भइरहेको अस्पतालले जनाएको छ ।