अछाममा भिरबाट लडेर १० बर्षिय बालिकाको ज्यान गयो

अछाम, अछाममा भिरबाट लडेर एक जना बालिकाको ज्यान गएको छ । जिल्लाको पंञ्चदेवल विनायक नगरपालिका वडा न. ७ पुल्लेताेला स्थित ठियाकाेट भिरवाट लडेर १० बर्षिय वालिका डम्मर विकको ज्यान गएकाे हो ।पारिवारिक स्रोतले जनाए अनुसार शनिवार विहानै जंगलवाट फर्किदै गर्दा ठियाकाेट भिरवाट लडेर ज्यान गएकाे हो ।

हिडने वाटाेवाट करिव ४० मिटर तल खसेर घटना स्थल मै ज्यान गएकाे मृतका दाजु गाेर्ख विकले वताए । मृतक स्थानिय पवित्रा अाधारभुत विद्यालयमा कक्षा ३ मा अध्धयनरत थिईन ।