संसद विघटनको विरोधमा काठमाडौंमा जसपाको प्रदर्शन
प्रकासित मिति : २०७७ पुस १२, आईतवार १५:४४
प्रकासित समय : १५:४४
काठमाडौं, प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै जनता समाजवादी पार्टी (जसपा) ले आज (आइतबार) काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
काठमाडौंको शान्ति बाटिकाबाट शुरु भएको जुलुस पुतलीसडक, भद्रकाली हुँदै पुनः शान्ति बाटिकामा पुगेर कोणसभामा परिणत भएको छ । जुलुसमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, वरिषठ नेता अशोक राई, हिसिला यमीलगायतका नेताहरुको सहभागिता छ । र्यालीपछि आयोजित कोणसभालाई डा. बाबुरामलगायतका नेताले सम्बोधन गर्दैछन् ।