प्रचण्ड–नेपाल समूहका नेतासँग बामदेवको खुमलटारमा छलफल
प्रकासित मिति : २०७७ पुस ११, शनिबार १२:५१
प्रकासित समय : १२:५१
काठमाडौँ, नेकपाका उपाध्यक्ष बामदेव गौतम नेकपाको प्रचण्ड–नेपाल समूहसँग छलफल गरेर फर्किएका छन् ।उनी प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। प्रचण्ड निवास खुमलटारमा बिहान पुगेका उपाध्यक्ष गौतम ४५ मिनेटर बसेर छलफल गरेर फर्किएका थिए ।
प्रचण्ड–गौतमबीच पार्टीको पछिल्लो गतिविधि र दुवै पक्षको भेला, बैठकबारेमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा विभाजन भएसँगै उपाध्यक्ष गौतम कुनै पनि समूहको बैठकमा गएका छैनन् । उनले केही दिन पहिला कुनै पनि पक्षको भेलामा नजाने बताएका थिए ।गौतम खुमलटार पुग्दा माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ पनि प्रचण्डसँगै छलफलमा थिए ।