यसरी सुरु भयो जाडो मौशममा युवाहरूको न्यानो कपडा अभियान
कपिलवस्तु, बिगत देखि निरन्तर रुपमा सामाजिक कार्यमा सक्रिय युवाहरुले जाडोमा असहायलाई सहारा दिएको छन् ।विहिवार वाणगंगा नगरपालिकाको बैदौलीमा १६ वर्षदेखी बाटोको किनारमा बस्दै आएकी एक वृद्धलाई जाडो छेक्नको लागि अस्थायी घर बनाइदिएका हुन । उनिहरुले वृद्धलाई जाडो मौेशमवाट बच्न न्यानो कपडा दिएर सहयोग गरेका छन । वडाले पनि उनको लागि स्थायी घर बनाउन जग्गा खोजेर तयार पारेको छ । केही दिन देखि चलिरहेको कपडा बैंकबाट पनि युवाले करिब ४५ परिवारलाई न्यानो कपडा वितरण गरेको छ।
मधु सुदन भुषाल, कोपिला गिरी, सृजना आचार्य, पशुपति गिरी, माधव आचार्य, सरोज घिमिरे, लक्ष्मण सापकोटा, सागर बन्जाडे लगायतका युवाहरु सक्रिए रुपमा यो अभियानमा लागिरहेका छन। यसलाई थप व्यवस्थित गर्न थप प्रयास भैरहेको अभियानमा सहभागीहरुले बताए ।
केही दिन अगाडी मात्रै जिल्ला प्रशासन कार्यालय अगाडिको नेपालको झण्डा फेरेर युवाहरुले सबैको ध्यान आकर्षण गरेका थिए भने अहिले,”गरिब विपन्न माथी हाम्रो ध्यान,बाच्ने र बचाउने हाम्रो अभियान” भन्ने नाराका साथ न्यानो कपडा वितरण अभियान संचालन गरिरहेका छन ।
युवाहरूले यो अभियानलाई साथ दिन सार्वजनिक अपिल पनि गरेका छन। उनिहरुले आफुसंग रहेका कपडा दिएर वा आर्थिक रुपमा सहयोग गरेर अभियानमा साथ दिन सक्ने पनि बताए ।