नेपालमा थप ६ सय ०८ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ पुस १०, शुक्रबार १६:५८
प्रकासित समय : १६:५८
काठमाडौँ, नेपालमा थप ६ सय ०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ६ सय ०८ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ । पछिल्लो २४ घण्टामा ८९२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ४८ हजार २९२ संक्रमणमुक्त भएका छन् ।
आज कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८१६ पुगेको छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या ७ हजार ९२ रहेको छ ।