भन्नुस् न बिग्रेको भाग्य बनाउने मेसिन हुन्छ ?!
प्रकासित मिति : २०७७ पुस १०, शुक्रबार १६:५०
प्रकासित समय : १६:५०
पालो सबैको आउँछ, यसरी यकिन हुन्छ,
कहिलेकाहीँ घाम नलागेको पनि दिन हुन्छ ।
सुन्छु शहरमा सबथोक मेसिनले बनाउँछ,
भन्नुस् न बिग्रेको भाग्य बनाउने मेसिन हुन्छ ?
जुन चीजका लागि सबथोक त्यागेर लाग्छु,
मेरो दुर्भाग्य त्यही चीज पाउन कठिन हुन्छ ।
पर्ख बुहारी मेरो मैलो लुगा म आफैँ धुन्छु,
तिमी त पढ्लेख मान्छे तिमिलाई घिन हुन्छ ।