प्रचण्ड-नेपाल निर्वाचन आयोग पुगे
प्रकासित मिति : २०७७ पुस १०, शुक्रबार १२:००
प्रकासित समय : १२:००
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित नेताहरू निर्वाचन आयोग पुगेका छन्।
शुक्रबार बिहान माइतीघरमा प्रदर्शन गरेपछि नेता-कार्यकर्ता नाराबाजी गर्दै निर्वाचन आयोगतिर लागेका थिए । सुरक्षाकर्मीहरुले प्रदर्शनकारीलाई जमलमै रोकिएको छ भने शीर्ष नेताहरू आयोगभित्र पुगेका छन्।
आयोगमा पुगेर उनीहरूले आफूहरू आधिकारिक नेकपा भएको दाबी प्रस्तुत गर्नेछन्।