प्रतिनिधि सभा भंगविरूद्ध माइतीघर मण्डलमा प्रदर्शन
प्रकासित मिति : २०७७ पुस १०, शुक्रबार १०:३७
प्रकासित समय : १०:३७
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेको विरोधमा नेकपाको संस्थापन पक्षले माइतीघर मण्डलमा प्रदर्शन गर्न थालेका छन्।
शुक्रबार बिहान उनीहरुले माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।
अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेताहरू झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेताहरु पनि कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका छन्।