उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशकोलागि उम्मेदवारी घोषणा
बिरेन्द्रनगर, सुर्खेत नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको निर्वाचनको लागि उम्मेदवारी घोषणा गरिएको छ । शुक्रबार पत्रकार सम्मेलन मार्फत उम्मेरदवारी घोषणा गरिएको हो । कर्णाली समृद्धिको आधार , राज्य निजि क्षेत्र साझेदार भन्ने मुल नाराका साथ उम्मेदवारी घोषणा भएको थियो । कर्णाली प्रदेशको उधोग वाणिज्य महासंघको अध्यक्ष पदको उम्मेदवारी ब्यवसायि पदम बहादुर शाहीले घोषणा गरेका छन् ।ब्यवसायि शाहीले नेपालको बर्तमान राजनितीको अबस्थालाई मध्यनजर गर्दै राजनैतिक आधार जे जस्ता रहेपनि हामि एक ढिक्का भएर लाग्नुपर्ने र कर्णालीको निजि क्षेत्रको विकासको लागि सदैब सकारात्मक वन्नुपर्ने बताएका छन् । आफ्नो उम्मेरदवारी कर्णालीको लागि मात्र नभएर समग्र राज्यको लागि पनि रहेको जनाएका छन् ।
कार्यक्रममा प्रमुख आथित्यता निरज के सीले गरेका थिए । सो कार्यक्रममा कालिकोट उधोग वाणिज्य संघका अध्यक्ष रतन शाही,सल्यानका बीर बहादुर चलाउने, रुकुमका पहल बहादुर खड्का र सुर्खेतका पदम बहादुर शाही लगायत कर्णालीका १० ओटै जिल्लाका ब्यवसायिहरुको उपस्थिती रहेको थियो । देशभर नेपाल उधोग वाणिज्य महासंघको चुनाव आगामी पौष ११ गते हुने भएको छ ।