प्रचण्ड-नेपाल पक्ष भोली निर्वाचन आयोग र सर्वोच्च अदालत जाने
प्रकासित मिति : २०७७ पुस ९, बिहीबार १५:२९
प्रकासित समय : १५:२९
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टीको अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्ष निर्वाचन आयोग र सर्वोच्च अदालत जाने भएको छ ।
बिहीबार बबरमहलको कार्की पार्टी प्यालेसमा बसेको स्थायी समिति बैठकले आधिकारिकता दाबी गर्नका लागि शुक्रबार सबै केन्द्रीय सदस्यसहित निर्वाचन आयोग र सर्वोच्च अदालत जाने निर्णय गरेको हो ।
भोली विहान १० बजे सर्वोच्च र १२ बजे निर्वाचन आयोग जाने बताइएको छ ।