कांग्रेसले १३ गते देशभरका विरोध कार्यक्रम गर्ने

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्ध पुस १३ गते देशैभर आन्दोलन गर्ने तयारी गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुस १३ गते देशभरका एक सय ६५ संघीय निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो ।