काँग्रेस वरिष्ठ नेता पौडेल समूहको छुट्टै भेला

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षका नेताहरूको छुट्टै भेला बोलाएका छन् । बिहीबार अनामनगरमा रहेको नेता पौडेलको कार्यालयमा उनीहरु छलफलमा जुटेका हुन् ।

छलफलमा महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, गगन थापा तथा शेखर कोइरालालगायत उपस्थित रहेको स्रोतले बताएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न घोषणा गरेकी थिइन् ।

सरकारको उक्त कदम असंवैधानिक भन्दै सर्वत्र विरोध भैरहेको छ ।तर, कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा पक्षले आन्दोलनमा जाने कुराको विरोध गर्दै चुनावको तयारी गर्नुपर्ने बताएपछि पौडेल समूह छलफलमा जुटेको हो ।