गृहमन्त्री बादल ओली समूहको बैठकमा
प्रकासित मिति : २०७७ पुस ९, बिहीबार १५:१३
प्रकासित समय : १५:१३
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी नेकपा केपी शर्मा ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले उपस्थिति जनाएका छन् ।
बिहीबार बालुवाटारमा जारी ओली समूहको केन्द्रीय कमिटी बैठकमा बादल सहभागी भएका हुन् । कुनै समूहको बैठकमा नगएका बादल आज ओली समूहको बैठकमा गएका हुन् ।
बैठकमा सहभागी हुनुभन्दा अघि गृहमन्त्री बादल र प्रधानमन्त्री ओलीबीच करिब २ घण्टा बालुवाटारमा छलफल भएको थियो । बुधबार पनि उनीहरुबिच सकारात्मक छलफल भएको थियो । उनलाई ओली समूहको उपाध्यक्ष बनाउने सम्भावना रहेको बताइएको छ ।