प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं, चिनियाँ राजदूत होउ यान्छीले बिहीबार बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेकी छन्।

राजदूत यान्छी बिहान प्रचण्ड निवास खुमलटारमा पुगेकी थिइन्। खुमलटार स्रोतका अनुसार उनीहरूबीच बिहान ९ बजेदेखि आधा घन्टा समसामयिक विषयमा कुराकानी भएको थियो।

यसअघि पनि नेकपामा विवाद चुलिँदा राजदूत यान्छीको सक्रियता बढ्ने गरेको थियो।