ओली समूहको केन्द्रीय कमिटीमा नबस्ने उषाकला राईको घोषणा

काठमाडौ, प्रदेश १ की सांसद उषाकला राई प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको केन्द्रीय कमिटीमा नबस्ने घोषणा गरेकी छिन् । राईले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् केन्द्रीय कमिटी सदस्य फिर्ता गरेको जानकारी दिएकी थिईन् ।

उनले भनिन् यो कम्युनिस्ट आनदोलनमा म लागेको पनि चार दशक भएको छ । तर पद र पैसा केहि होईन जनताको दुई पैसा खाईन्न बरु भोकै मर्न तयार हुनुपर्छ । भन्ने हाम्रो मान्यता छदैछ। सबै प्रकारका गलत कुराहरु मुख्य गरेर भ्रस्टाचार अन्त्य गर्ने र समृद्धिको मुद्दाहरू अगाडि बढाई रहेका थियौं । उनले भनेकी छिन् तर आज त्यो अलपत्र परेको छ।

यो बिचको बिकशित राजनितिक परिघट्नामा संम्माननीय प्रधानमन्त्री केपि कमरेडले मलाई पत्याएर केन्द्रीय कमिटी जस्तो उच्च ओहोदामा राख्नु भएकोमा हृदय बाट कृतग्य जाहेर गर्दछु । तर मेरा ग्यानोभावले उक्त पदमा रहेर जिम्मेवारी सम्हाल्न म असमर्थ महशुस गरेको छु । त्यसकारण बिनम्रताका साथ उक्त केन्द्रिय कमिटी सदस्यमम नरहेको सबैमा अनुरोध गर्दछु ।प्रधानमन्त्री ओलीले मंगलबार ५५६ जना केन्द्रीय सदस्य थपेका थिए । केन्द्रीय सदस्य बनाएका अरु केही नेताहरुले पनि अस्वीकारको घोषणा गरिसकेका छन् ।