ओली समूहले बिथोल्यो भेला, पार्टी कार्यालय कब्जा

काठमाडौं, पूर्वी नवलपरासीमा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले आयोजना गरेको अगुवा कार्यकर्ता भेला प्रधानमन्त्री केपी ओली पक्षका कार्यकर्ताले बिथालेका छन् ।नेकपा गैंडाकोट नगर कमिटीले बुधबार दिउँसो आयोजना गरेको भेला ओली पक्षधरले नाराबाजीसहित बिथोलेका थिए ।

भेलामा दाहाल–नेपाल पक्षधरलाई बोलाएर पार्टीको पछिल्लो अवस्थाबारे जानकारी दिने उद्देश्य राखिएको थियो । कार्यक्रममा एउटा पक्षलाई मात्र राखिएको भन्दै ओली समर्थकले नाराबाजी गरेर कार्यक्रम गर्न दिएनन् ।
यसैबीच प्रधानमन्त्रीओली पक्षका नेता–कार्यकर्ताले सिन्धुलीस्थित नेकपा जिल्ला कार्यालय कब्जा गरेका छन् । पार्टी कार्यालय रहेको कमलामाई नगरपालिका–६ स्थित आजाद स्मृति भवन बुधबार ओली पक्षले कब्जामा लिएको हो । कान्तिपुरमा खबर छ ।