वडाअध्यक्ष हत्या प्रकरण : ४ जनालाई जन्मकैदको फैसला

अछाम, अछामको पन्चदेवल बिनायक नगरपालिका वडा न. २ का वडाध्यक्षको हत्यामा संग्लन ४ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

गतवर्ष माघ २० गते राति भैंसी गोठमा मृत फेला परेका पञ्चदेवल विनायक नगरपालिका–२ का वडा अध्यक्ष पदमबहादुर धामीको हत्यामा संग्लग्‍न उनीहरुलाई अदालतले आज ११ महिना पछि जन्मकैदको फैसला सुनाएको हो ।

बुधबार जिल्ला न्यायधीश नविनकुमार जोशीको एकल इजालशले हत्यामा संलग्‍न भएको भन्दै प्रेमबहादुर धामी, जीवन धामी, रमेशबहादुर धामी र धर्मबहादुर धामीलाई जन्मकैदको फैसला गरेको अदालतका तहशिलदार नारायण पौडेलले जानकारी दिए । अन्य ५ जनाले सफार्इ पाएको उनले बताए । मृतकका भाई सुरतबहादुर धामीले ९ जनाको नाममा किटानी जोहेरी दिएका थिए ।

लामो समय पश्चात् आज अछाम जिल्ला अदालतले फैसला गरेको हो । मृतक धामीको घरदेखि २ सय मिटर परको गैरीगाउँमा भैंसी गोठमा शव फेला परेको थियो ।