राजदूत डा. खतिवडाले लिए शपथ
प्रकासित मिति : २०७७ पुस ९, बिहीबार १७:४७
प्रकासित समय : १७:४७
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत डा युवराज खतिवडाले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले गत मंगलबार डा. खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेकी थिइन ।