आगो ताप्ने क्रममा एक महिला जलेर मृत्यु
प्रकासित मिति : २०७७ पुस ९, बिहीबार १९:४५
प्रकासित समय : १९:४५
कञ्चनपुर, कञ्चनपुरको पुनर्वास नगरपालिका –६ प्रतिभा नगर, टाउन बजारकी ४३ वर्षीया गीतादेवी थापाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । आगोमा जलेर सख्त घाइते थापाको उपचारका लागि धनगढीतर्फ लग्दै गरेका बेला बाटामै मृत्यु भएको हो ।
थापा उच्च रक्तचापका कारण बेहोश भई आगोमा खस्न पुगेकी थिइन् । एक्लै आगो ताप्ने क्रममा लडेपछि उठाउने व्यक्ति नहुँदा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।