नेपालमा थप ७२२ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ पुस ७, मंगलवार १६:४९
प्रकासित समय : १६:४९
काठमाडौँ, नेपालमा थप ७ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय २२ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ । पछिल्लो २४ घण्टामा ९६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ४५ हजार ७०९ संक्रमणमुक्त भएका छन् ।
आज कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७९८ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ७ हजार ७२९ रहेको छ ।