प्रधानमन्त्री ओली बनेदेखि नै निरंकुश र तानाशाही शासक बनेका हुनः खनाल
काठमाडौँ, नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री बनेदेखि केपी ओली निरंकुश, तानाशाहीजस्तो शासक बनेको आरोप लगाएका छन् ।
उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको भेलालाई सम्बोधन गर्दै भने, पार्टीलाई भऱ्याङ बनाएर जानुभो, तर पार्टीका लक्ष्य, निर्णयलाई मान्नुभएन ।
मनपरी ढंगले अघि निर्णय गर्नुभो। क्याबिनेट फर्मेसन गर्दा पूर्वमाओवादीलाई प्रतिनिधित्व गर्नुभो, तर पूर्वएमालेका गुटका मान्छेलाई मात्रै लिनुभो ।नेता खनालले प्रधानमन्त्री ओली नेतृत्वमा आएदेखि नै गुटबन्दीमा लागेको बताएका छन् ।
पूर्वएमालेमा हुँदा पनि केपी ओलीले गुटबन्दी गरे। छैटौँ महाधिवेशनमा गुटबन्दी गरेु, उनले भने यस्तै सातौँ, आठौँ र नवौँसम्म गुटबन्दी नै गरे। एकता भएपछि सुध्रेला भनेको त फेरि पनि गुटबन्दी गरे उनले । र, त्यसैअनुसार सरकार चलाए ।