भैँसेपाटीमा बामदेव र बादलबीच भेटबार्ता
प्रकासित मिति : २०७७ पुस ७, मंगलवार १५:२६
प्रकासित समय : १५:२६
काठमाडौँ, सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा बादलबीच भैँसेपाटीमा भेटवार्ता भएको छ । मंगलबार दिउँसो गृहमन्त्री बादल गौतमलाई भेट्न भैँसेपाटीस्थित निवासमा पुगेको स्रोतले जनाएको छ ।
फुटको अन्तिम संघारमा पुगेको नेकपाको कुनै पनि गुटगत भेलामा नगएका गौतम र बादलबीचको भेटवार्तालाई अर्थपूर्ण ढंगले हेरिएको छ । भेटमा उनीहरुबीच पार्टीभित्रको समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल भैरहेको जनाएको छ ।
हिजो अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको बेग्लाबेग्लै भेलामा नगएका उनीहरु आज पनि दुवै पक्षको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका छैनन् । उनीहरुलाई दुवै पक्षले आफ्नो पक्षमा आउन पटक पटक आग्रह गरिसकेका छन् ।