बबरमहलको बैठकमा हरिबोल र रघुवीर महासेठ पनि सहभागी
प्रकासित मिति : २०७७ पुस ७, मंगलवार १५:०५
प्रकासित समय : १५:०५
काठमाडौँ, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक कार्की बेंक्वेट बबरमहलमा जारी रहेको छ ।
बैठकमा अर्का अध्यक्ष केपी ओली पक्षमा रहेका स्थायी कमिटी सदस्य रघुवीर महासेठ र तटस्थ रहँदै आएका हरिबोल गजुरेल पनि सहभागी भएका छन् ।बैठकमा नेताहरूले सम्बोधन गर्ने क्रम सुरु भएको केन्द्रीय सदस्य गणेश पहाडीले जानकारी दिएका छन् । बैठकबाट अर्का अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव छ।
बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायतले सम्बोधन गर्नेछन् । बालुवाटारमा ओली पक्षको बैठक सकिएलगत्तै अर्को पक्षको बैठक सुरु भएको हो।